PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

भूराजनीतिको केन्द्रमा लुम्बिनी:  के बुद्ध जन्मभूमिमा चीन र भारतले हात मिलाउन सक्लान्?



पहिलोपोस्ट

भूराजनीतिको केन्द्रमा लुम्बिनी:  के बुद्ध जन्मभूमिमा चीन र भारतले हात मिलाउन सक्लान्?
फाइल फोटो

  • तिङ काङ-

नेपालको राजधानी काठमाडौँबाट दक्षिण पश्चिम लुम्बिनीसम्म पुग्ने सबै 'एयर मिनीबस' हुन्। यी विमानहरूले काठमाडौँबाट उडान भरेको केही समयमा नै हिमालयका खोचहरु छिचोल्दै यात्रुहरूलाई सुन्दर दृश्य अवलोकन गराउँदै आधा घण्टामा नै तराईका समथर भूभागहरूको अवलोकन गराउँछन्। यो हिन्दु सभ्यताको मुख्य प्रवेश द्वार हो। गुगल म्यापले लुम्बिनी र नयाँ दिल्लीको दुरी आठ सय किलोमिटर देखाउँछ।

लगभग १५०० बिसीतिर मध्ये एसियाका आर्यहरूले दक्षिण एसियाको उर्वर भूमि अतिक्रमण गरे। जुन अहिले गङ्गा नदी उपत्यकाको रूपमा चिनिन्छ। जुन अहिले भारतमा अवस्थित छ। लुम्बिनी नेपालमा यही उर्वरा भूमिको केन्द्रमा छ। जहाँ ५०० इसापूर्व अगाडि बुद्धको जन्म भएको थियो।

एक जना टुर गाइडले मलाई लुम्बिनी भारतीय सीमाको २० किलोमिटरभन्दा कमको दुरीमा रहेको बताए। अधिक चीनमा बनेका सामाग्रीहरूको किनबेच यस आसपासका शहरहरु तथा सडक किनारहरूमा बिक्री हुन्छन्। भिक्षु भेष धारण गरेका भिक्षु-भिक्षुणीहरु समयसमयमा अगाडि देखिन्छन्। र बुद्धको यो जन्मभूमिमा धेरै चिनियाँ पर्यटकहरु देख्न सकिन्छ।

पछिल्लो समय क्रमिक रूपमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको सङ्ख्यामा वृद्धि भइरहेको छ। सन् २००० मा पाँच हजार १६० चिनियाँ पर्यटक नेपाल पुगेकोमा सन् २०१८ मा एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन्। र लुम्बिनी मा उनीरुको प्रमुख गन्तव्य भनेको चोङ् हुवा चिनियाँ बुद्ध विहार हो। २० वर्षको इतिहास बोकेको यो बिहार चीनको राष्ट्रियस्तरबाट निर्माण भएको पहिलो ओभरसिज विहार हो। जुन बेइजिङमा अवस्थित बुद्धिस्ट एसोसिएसनले निर्माण गरेको हो।

लुम्बिनीमा चीन जापान दक्षिण कोरिया र दक्षिण पूर्वी एसियाली देशबाट बुद्धधर्मावलम्वीको भ्रमणले उनीरुको बुद्ध धर्मप्रतिको सद्भाव र सम्मानलाई देखाउँछ। २० औँ शताब्दीमा विश्वले विरलै सुनेको यो सानो सहर अहिले भूराजनीतिको महत्त्वपूर्ण हिस्सा बनेको छ।

सन् २०११ मा दोहा  केन्द्रित टेलिभिजन अल जजिराले चीनको अप्रमाणित एउटा योजनालाई बाहिर ल्यायो। जसमा भनिएको थियो पूर्वी एसियाली मुलुकहले लुम्बिनीमा पूर्वाधार निर्माणका लागि ३ बिलियन डलर बराबरको लगानी गर्न लागेका छन्। सेप्टेम्बर १९, २०१३ मा 'ले मोन्डे अफ फ्रान्स'ले एउटा लेख प्रकाशित गर्‍यो। उक्त लेखेमा लुम्बिनीलाई केन्द्रमा राखेर चीन र भारतबीच सफ्ट पावर प्रतिस्पर्धा चलिरहेको उल्लेख छ। यो प्रतिस्पर्धा ध्वनिरहित देखिन्छ तर डरलाग्दो भएको लेखमा उल्लेख छ। साथै यसले विश्वमा रहेका महायान हिनायन ४ मिलियन वुद्धधर्मावलम्वीहरुको नेतृत्व कुन देश भन्ने निर्धारण गर्ने लेखमा दाबी गरिएको थियो।

ती गाइडले मलाई भने, भारतीय र युरोपेलीहरु पुरातत्वविदहरुले शाक्यमुनि बुद्धको जन्म भारततिर भएको प्रमाणित गरिसकेको हल्ला सुनाए। पुरातन कपिलवस्तु शहर भारतमा भएको जुन भारतको पिपरहवामा रहेको जुन नेपाल भारत सीमाको एक किलोमिटर दक्षिणमा रहेकोसमेत उनले सुनाए।

जबकि नेपालले अहिले तिलौराकोट रहेको पुरातात्त्विक कपिलवस्तु शहर भएको दाबी गर्दै आएको छ। यसका अलावा प्रख्यात चिनियाँ बुद्ध भिक्षु सुआनजाङ जसले थाङ वंश (६१८-९०७) मा यहाँ बिताएका थिए, उनले नेपाल नै लुम्बिनी नेपालमा रहेको आफ्नो भनाइमा उल्लेख गरेका छन्। त्यति मात्र होइन अहिले पनि यसलाई प्रमाणित गर्ने थप तथ्यहरू फेला परेका छन्।

शाक्यमुनि जब जीवित थिए त्यतिवेला सीमा रेखाहरु थिएनन्। बेलायती साम्राज्यवादको विस्तारसँगै राष्ट्रको छाप मानव मस्तिष्कमा परेको थियो। जुन अहिले पनि अधिक एसियाली देशहरूमा पाइन्छ। त्यसैले त लुम्बिनी आध्यात्मिकस्थल सँगसँगै राजनीतिक केन्द्र पनि बनेको छ। यसले अहिलेको एसियालाई बुझ्न महत्त्वपूर्ण संकेत दिन्छ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी हिमालयको फेदमा छ। जुन अहिलेको विश्वव्यापीकरणको युगमा पनि जनसम्पर्कका लागि कठिन जस्तै बनेको छ। लुम्बिनीका मानिसहरूले विश्वमा भइरहेको अलौकिक परिवर्तनहरूलाई महसुस गर्न सक्छन्। निकट भविष्यमा नै रेलमार्ग र राजमार्ग हिमाल छिचोल्दै नेपालमा विस्तार हुनेछन्। जसले बुद्ध धर्मको सुरुवाती विन्दुलाई अन्य धार्मिक स्थलहरूसँग जोड्ने छ।

रेलमार्गले चीन नेपाल सीमा पार गर्दै दक्षिण पश्चिम चीन तिब्बतको सिगात्से र नेपालको राजधानी काठमाडौँलाई जोड्ने छ। सँगसँगै भारत नेपाल सीमाबाट सुरु भएको रेल काठमाडौँ पुर्‍याउने भारत सरकारको योजना रहेको छ।

जब म विमानस्थल जाँदै थिएँ, गाउँ, चौर र रुखहरु छिचोल्दै गर्दा मैले सोचिरहेको थिएँ, ‘यदि दुई पुरातात्त्विक सभ्यताहरू नेपालबाट जोडिए भने के चीन भारतले बुद्धको जन्मभूमिमा हात मिलाउन सक्छन्?’

लेखक चीनको सरकारी समाचार संस्था पिपल्स डेलीका वरिष्ठ सम्पादक हुन्। उनी हाल रनमिन विश्वविद्यालयको चोङयाङ इन्स्टिच्युट अफ फाइनान्सियल स्टडिजका सिनियर फेलो हुन्। ग्लोवल टाइम्समा प्रकाशित उनको लेखलाई नेपालीमा भावानुवाद गरी प्रकाशित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell