PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

‘टेस्ट राइड’ गर्न दिएको मोटरसाइकल लिएर गायब...



रासस

‘टेस्ट राइड’ गर्न दिएको मोटरसाइकल लिएर गायब...

काठमाडौं : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्। तर होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।

काठमाडौंमा यसैगरी ‘टेस्ट राइड’ गर्दा मोटरसाइकल नै गायब भएको छ। मोटरसाइकल धनी मिलन सुब्बाले छ लाख ५० हजार रुपैयाँ पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे। त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे। बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने। ‘टेस्ट राइड’मा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशंका भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरे।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतवार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख रुपैयाँ चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो। पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन्। बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए। उसले यसअघि पनि ‘टेस्ट राइड’कै नाममा पटक-पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला-बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ। बुधवारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो। महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए।



‘टेस्ट राइड’ गर्न दिएको मोटरसाइकल लिएर गायब... को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell