PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

[अपडेट] सन्धिखर्क बस दुर्घटना : मृतक १० जनाको सनाखत



पहिलोपोस्ट

[अपडेट] सन्धिखर्क बस दुर्घटना : मृतक १० जनाको सनाखत

काठमाडौं : अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका १९ मध्ये १० जनाको सनाखत भएको छ।

सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिकास्थित घुम्ती र नरपानीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर प्रकाश खत्रीले जानकारी दिए।

मृत्यु हुनेमध्ये १७ जनाको घटनास्थलमै तथा एक जनाको प्राथमिक उपचार केन्द्र ठाडामा र अर्काको चौराहा हस्पिटल बुटवलमा मृत्यु भएको उनको भनाइ छ।

सन्धिखर्क-गोरुसिंगे सडकखण्डमा भएको सो दुर्घटनामा परी घाइते भएका १६ जनाको अहिले उपचार भइरहेको छ। उनीहरुको भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, क्रिमसन अस्पताल, चौराहा हस्पिटल लगायतमा उपचार भइरहेको खत्रीले बताए।

सनाखत हुनेको नामावली :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell