PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रले गर्‍यो उपनिर्वाचन बहिष्कार गर्ने घोषणा



एम बम

गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रले गर्‍यो उपनिर्वाचन बहिष्कार गर्ने घोषणा

कैलाली : गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। सरकारलाई असोज ३ गते बुझाएको ज्ञापनसहितका १८ बुँदे माग पूरा नभएको भन्दै उसले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा किराँती नेतृत्वको माओवादी केन्द्रले सरकारसमक्ष राखेका माग पूरा नभएको भन्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष रंगनाथ ढकालले बताए।

‘पार्टीले असोज ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक ३ गतेसम्म समय दिएको र त्यसपछि पनि माग पुरा नभए उपनिर्वाचन बहिष्कार गर्दै सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो’, उनले भने, ‘पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने नीति लिएको छ। त्यसका लागि पार्टीका भातृ संगठनले निर्वाचन हुने क्षेत्रमा पर्चा पम्पलेट बाड्ने, भित्ते लेखन र आमसभा गर्नेलगायत कार्यक्रम गर्नेछ।’

किराँती नेतृत्वको नेकपा माओवादीले ओलीसँगको भेटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीविरुद्धको प्रतिबन्ध खारेज गरी त्यस पार्टीसँग राजनीतिक व्यवहार गर्नुपर्ने लगायतका १८ बुँदे माग अघि सारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell