PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सागको सुरु र अन्तिम दिन रिङरोड भित्र जोरबिजोर



पहिलोपोस्ट

सागको सुरु र अन्तिम दिन रिङरोड भित्र जोरबिजोर

काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो।

'हामीले यातायात व्यवस्थालाई ध्यान दिएर दुई दिन यो व्यवस्था लागु गरेका हौं,' महाशाखाका एसपी रवि पौडेलले भने।

ट्राफिक प्रहरीले मंसिर १५ र २४ गते जोरविजोर प्रणाली लागू गर्ने भएको हो। सागको उद्घाटनको दिन बिजोर नम्वर प्लेट भएका सार्वजनिक सवारी मात्र चल्न पाउने छन्। त्यस्तै सागको समापन २४ गते भने जोर सवारी चल्ने महाशाखाले जानकरी दिएको छ।

यो नियम अत्यआवश्यक सवारीहरु दमकल, एम्बुलेन्स, पानी बोकेका सवारी लगायतमा भने लागू हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell