PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

अयोध्याबाट आएका जन्तीलाई धनुषामा प्रजिअले गरे स्वागत, भोलि राष्ट्रपति भण्डारी जनकपुर जाँदै



पहिलोपोस्ट

अयोध्याबाट आएका जन्तीलाई धनुषामा प्रजिअले गरे स्वागत, भोलि राष्ट्रपति भण्डारी जनकपुर जाँदै

  • सुमित मिश्र -

जनकपुरधाम : राम जानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ।

बुधवार महोत्तरीको मटिहानीमा विश्राम गरेको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा प्रवेश गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गरेका हुन्। त्रेता युगमा माता सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो सोही स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाहपञ्चमीको अवसरमा जन्ती आउने गर्छ।

जनकपुरधाम आइपुगेको जन्तीलाई शुक्रबार जनकपुरधाम स्थित रंगभूमि मैदान १२ बिघामा हुने विशेष कार्यक्रमका राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन्। राष्ट्रपति भण्डारी अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न भोलि नै जनकपुरधाम आउँदैछिन्।

यसअघि अयोध्याबाट आएका जन्ती मंगलबार बेलुका महोत्तरीको सीमावर्ती क्षेत्र मटिहानीमा स्वागत गरिएको थियो। मटिहानीमा जन्तीलाई मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायतका व्यक्तित्वहरुले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell