PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु



रासस

पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

मध्यपुरथिमि : मध्यपुरथिमि नगरपालिका-५ जलाखुमा आज पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ।

भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुरथिमि नपा-७ नगदेश बस्ने २८ वर्षीय बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell