PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

पिपरा गाउँपालिकाका उम्मेदवार चौधरीको घरमा बम विस्फोट



पहिलोपोस्ट

पिपरा गाउँपालिकाका उम्मेदवार चौधरीको घरमा बम विस्फोट

  • सुमित मिश्र -

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ। 

चौधरीको घरमा बिहीवार अपरान्ह बम विष्फोट भएको हो। पिपरा गाउँपालिका ४ स्थित उनको घरको पछाडि बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। विष्फोटबाट कुनै प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालय संचालन गरेको घर तथा शौचालयमा विस्फोटबाट क्षति भएको छ। विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको उनले बताए। 

उपनिर्वाचनको तयारी सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकरी सहित सुरक्षा निकायका पदाधिकारीहरु पिपरा पुगेकै समयमा विस्फोट भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell