PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अज्ञात समूहद्वारा बैंकका दुई कर्मचारीमाथि आक्रमण



रासस

कञ्चनपुर : अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई जना बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गरेको छ। आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन्।

दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौं लगिएको छ। पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन्। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell