
युरोप लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड एस्टनासँग पराजित भएको छ। पहिलो हाफमा अग्रता बनाएर घरेलु टोलीलाई दबाबमा राखे पनि दोस्रो हाफमा अग्रता कायम राख्न नसक्दा युनाइटेड २–१ ले पराजित भएको हो।
खेलको १० औं मिनेटमा नै युनाइटेडले अग्रता लिएको थियो। जेस्से लिङ्गाडले खेलको दशौँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर खेलको ५५ औं मिनेटमा एस्टनाका लागि डिमिट्री सोमोकोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६२ औं मिनेटमा डिसोन बर्नाडले आत्माघाती गोल गरेसँगै एस्टनाले अग्रता लियो जुन जितका लागि पर्याप्त बन्यो।
समूह एलको शीर्ष स्थानमा रहेको युनाइटेडको समूह चरणमा यो पहिलो हार हो भने अस्टनाको पहिलो जित हो। पाँच खेल खेलेको युनाइटेड ३ जित, १ बराबरी र १ हार व्यहोर्दै समूहको शीर्ष स्थानमा छ। त्यस्तै समान पाँच खेल नै खेलेको अस्टनाले युनाइटेडविरुद्ध पहिलो जित निकाले पनि समूहको पुछारमा छ।