PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आठ किलो सुनसहित विमानस्थलमा समातिए चिनियाँ नागरिक



पहिलोपोस्ट

आठ किलो सुनसहित विमानस्थलमा समातिए चिनियाँ नागरिक

काठमाडौँःआठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा आएका चिनियाँ नागरिक चेन क्युङहाङलाई भन्सार चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

बिहीबार राति करिब ११ बजे नियमित चेकजाँचका क्रममा सुनसहित उनीहरुलाई समातिएको हो।

पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell