PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली



पहिलोपोस्ट

मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली
फाइल फोटो

काठमाडौँः १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ।

ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। 

जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell