PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री ओलीको अवस्था खतरामुक्त, अझै एक साता अस्पतालमा



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीको अवस्था खतरामुक्त, अझै एक साता अस्पतालमा

काठमाडौः एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।

शुक्रवार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी थिइन्।

'हामीले अपेक्षा गरेको भन्दाबढी स्वास्थ्यमा सुधार आएको छ। उहाँ अहिले खाना खान थाल्नु भएको छ। ' डाक्टर सिंहले भनिन्।

सिंहले ओलीको मृगाैलाले अलिअलि काम  गरिरहेको र समस्या आउन नदिन अप्रेशन गरिएको बताउँदै भनिने, ' उहाँको बिहिवार डायलासिस गरिएको थियो।आवश्यक परेमा थप डायलासिस गरिनेछ।' 

स्वास्थ्यमा सुधार आएको बताइएपनि ओली अझै एक साता अस्पतालमा नै बस्नु पर्ने बताइएको छ। अहिलेको अनुपातमा स्वास्थ्यमा सुधार आए १० दिनभित्र प्रधानमन्त्री सामान्य नियमित काममा फर्किन सक्ने डाक्टर सिंहले बताइन्। 

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक ओली खतरा मुक्त भएको बताए। भने,'अहिले उहाँ खतरामुक्त हुनुहुन्छ। संक्रमणको खतराले आइसीयुमा राखिएको छ।' 

बिहिवार ट्वीट गर्दै ओलीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए। 

प्रधानमन्त्री ओलीलाई गत मंगलवार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell