PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

साग भलिबलमा आज भारतमाथि जित निकाल्नु पर्ने दबाबमा नेपाल, सुध्रिएला त होमटिमको सर्भिस ?



पहिलोपोस्ट

साग भलिबलमा आज भारतमाथि जित निकाल्नु पर्ने दबाबमा नेपाल, सुध्रिएला त होमटिमको सर्भिस ?

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ। आझ साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने खेलमा नेपालले बलियो प्रतिद्वन्दी मानिएको भारतको सामना गर्नेछ। 

पहिलो खेलमा बंगलादेशसँग बंगला ३–२ को सेटमा पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-२१ ले जितेको थियो भने दोस्रो सेटमा बंगलादेशले २३-२५ को सेटमा जित निकालेको। त्यस्तै तेस्रो सेटमा फेरि नेपालले पुनरागमन गर्दै २५-१९ ले खेल आफ्नो पक्षमा पार्दा चौथो सेट बंगलादेशले २४-२६ ले जितेपछि खेल थप रोमान्चक बनेको थियो। अन्तिम सेटमा भने शुरुबाटै अग्रता बनाएको बंगलादेशले १२-१५ ले जित निकाल्दै सागमा भलिबल यात्रा सुखद तय गरेको थियो।

बंगलादेशसँगको खेलपछि नेपाली टिमका कप्तान इम रानाले सर्भिसका क्रममा गल्तीहरु भएको स्वीकार्दै आगामी दिनमा त्यसलाई सुधारेर लैजाने बताएका थिए। उनले भारतसँगको खेलबारे टिप्पणी गर्दै भारत बलियो टोली भए पनि आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने बताए। त्यस्तै प्रशिक्षक परिवर्तन र नयाँ प्रशिक्षकले छोटो समयमात्र प्रशिक्षण लिएकोले खेलाडीहरु अलमलमा रहेको उनले बताए।

भारतले प्रतियोगितामा यसअघि नै बंगलादेशमाथि जित हात पार्दै सुखद सुरुवात गरिसकेको छ। भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाली टोलीले भारतमा अभ्यास गरेको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell