PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

यस्तो हुँदैछ दक्षिण एसियाली खेलकुद ओपनिङको रिहर्सल

यस्तो हुँदैछ दक्षिण एसियाली खेलकुद ओपनिङको रिहर्सल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आइतबार दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुँदैछ। उद्घाटन सत्रका लागि दशरथ रंगशालामा पूर्वअभ्यास चलिरहेको छ।

साग आयोजनाको पूर्वसन्ध्यामा आइपुग्दा खेल पूर्वाधार, सडकलगायत संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भलिबलका खेलहरु त शुरु भइसकेका छन्। 

यता, दशरथ रंगशालामा 'फिनिसिङ' चलिरहेको छ। प्यारापिटमा सिट राख्ने काम अन्तिम चरणमा छ। फुटबल खेलाडी पनि समय अनुकुल मिलाएर मैदानमा अभ्यासमा उत्रिरहेका छन् भने बाँकी समय आइतवारको भव्य ओपनिङको लागि अभ्यास चलिरहेको छ। खेलाडी सहित तीनैवटा सुरक्षा निकाय अहिले रंगशालामा रिहर्सल गरिरहेका छन्। 

सागको उद्घाटन आइतबार बेलुकी ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ। त्यस्तै मार्च पासमा झन्डा बोक्नेमा पारस खड्काको नाम चर्चामा छ। सागमा ओलम्पिक टर्च नेपालको तर्फबाट कीर्तिमानी खेलाडी दीपक श्रेष्ठले बाल्ने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell