PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ब्राउन सुगरसहित एक युवक र दुई युवती पक्राउ



एम बम

ब्राउन सुगरसहित एक युवक र दुई युवती पक्राउ

कैलाली : कैलालीको धनगढीबाट ३ ग्राम ७ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी–५ जाईका २८ वर्षीय इन्द्रजित धामी, वडा नम्बर ८ की १८ वर्षीय एलिसा तामाङ र बाजुरा घर भई हाल धनगढी १ बस्दै आएका १९ वर्षीया मोनिका बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनीहरूलाई धनगढी स्थित पुष्पाञ्जली होटेलबाट पक्राउ गरिएको हो।

होटेलमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

उनीहरू लागुऔषध प्रयोग कर्ता रहेको र बिक्रिवितरण तथा ओसारपसारमा समेत संलग्न रहेको पाइएको छ। पक्राउ परेकाहरूमाथि थप छानबिन भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell