PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

निजगढमा बस पल्टिँदा ४६ जना घाइते



राधेश्याम पटेल

निजगढमा बस पल्टिँदा ४६ जना घाइते

वीरगंज : बाराको निजगढ नगरपालिका वडा नम्बर-८ उनासी पुल नजिक बस पल्टिँदा चालकसहित ४६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा पर्ने उक्त स्थानमा विहान करिब पौने १० बजे जनकपुरबाट भैरहवा गइरहेको ना ४ ख ७९९० नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताए।

यात्रुबाहक बस तीब्र गतिका कारण पुलबाट तल खसेको हो। करिब ५० जना सवार बसमा लगभग सबै जना घाइते भएतापनि कसैको हाल सम्म मृत्यु नभएको बारा प्रहरीको भनाइ छ। घाइतेमध्ये २५ जनाको निजगढकै सामुदायिक प्रसुती गृहमा उपचार भइरहेको छ भने २१ जनाको उपचारको लागि वीरगंज ल्याइएको बारा प्रहरीले जनाएको छ। केही घाइतेहरुको उपचार वीरगंजको नेशनल मेडिकल कलेजमा भइरहेको छ।

बसको पट्टा भाँचिएर दुर्घटना

प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा बसको पट्टा भाँचिएर बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए। बसको चालक तथा धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षीय सुनिल यादव पनि घाइते भएको र उनको पनि उपचार भइरहको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell