PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

जगत गुरु कृष्णदासलाई पक्रिन अदालतले दियो प्रहरीलाई अनुमति



पहिलोपोस्ट

जगत गुरु कृष्णदासलाई पक्रिन अदालतले दियो प्रहरीलाई अनुमति

विराटनगर : सुनसरीको चतरा धाममा रहँदै आएका जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भएसँगै जिल्ला अदालत सुनसरीमा प्रहरीले उनको पक्राउका लागि अनुमति मागेको थियो।

जिल्ला अदालत सुनसरीका तहसिलदार ईश्वर भण्डारीले अदालतले पक्राउ अनुमति दिएको जानकारी दिए। अनुमति पाएसँगै प्रहरीले गिरीलाई नियन्त्रणमा लिने तयारी गरेको छ।

एक महिलालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। महिलाले बलात्कार भएको उजुरी दिए पनि प्रहरीले शुरुमा उजुरी नै लिन मानेको थिएन।

त्यसपछि पीडित महिलाले महानगरीय प्रहरी परिसर काठमाडौं हुँदै केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन्। तर, प्रहरीले उजुरी जिल्लामा नै फर्काएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।

महाराजको नागरिकताको प्रमाणपत्र समेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ। केही साताअघि चतरा धामस्थित जगत गुरु बालसन्त मोहनशरण देवाचार्य चतराकै अर्का जगत गुरु कृष्णदासजी महाराजप्रति आक्रामक देखिएका थिए।

उनले पत्रकार सम्मेलनमा बालसन्तले कृष्णदासजी महाराजले दिनमा ९५ प्रतिशत झुठ बोल्ने गरेको आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell