PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बालविकासको लागि बाध्यकारी कानून बनाइनेछ : मुख्यमन्त्री राउत



राधेश्याम पटेल

बालविकासको लागि बाध्यकारी कानून बनाइनेछ : मुख्यमन्त्री राउत

वीरगंज : प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने बताएका छन्।

प्रारम्भिक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकको भविष्यको कर्णाधार मानिएका बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नु पर्ने उल्लेख गरे।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए। साथै प्रदेशमा सञ्चालनमा रहेको 'बेटी पढाउ, बेटी बचाउ' कार्यक्रमकै अधारमा बालविकासको लागि छुट्टै अभियान चलाउनु पर्ने उल्लेख गरे। मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell