PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

९० हजार घुस सहित समातिए प्रहरी इन्स्पेक्टर



पहिलोपोस्ट

९० हजार घुस सहित समातिए प्रहरी इन्स्पेक्टर

  • सुमित मिश्र -

जनकपुरधाम : जनकपुरबाट घुस सहित एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको हो। ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुस रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।

त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। उनलाई समेत अख्तियार आयोगको कार्यालयबाट खटिएको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell