PahiloPost

Feb 26, 2026 | १४ फागुन २०८२

शहरी विकास कार्यालयका इन्जिनियर २ लाख ५० हजार घुससहित पक्राउ



एम बम

शहरी विकास कार्यालयका इन्जिनियर २ लाख ५० हजार घुससहित पक्राउ

कैलाली : कैलालीको धनगढीबाट एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढीस्थित शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई २ लाख ५० हजार घुससहित कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

जोशीलाई अख्तियार महेन्द्रनगरको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

जोशीले टेबुलमुनि लुकाएको अवस्थामा उक्त रकमसहित उनलाई पक्राउ गरिएको उनले बताए। पक्राउपछि जोशीलाई अख्तियारको महेन्द्रनगर कार्यालय कञ्चनपुर लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell