PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यस्तो थियो सागमा नेपाल र भारतबीचको प्रतिस्पर्धा (डायरी)



मुकुन्द घिमिरे

यस्तो थियो सागमा नेपाल र भारतबीचको प्रतिस्पर्धा (डायरी)

एकातर्फ भारतीय टिमको अग्लो उचाई। अर्को तर्फ नेपालीले पाएको समर्थन। शुक्रवार नेपाल र भारत बीचको खेलमा 'कम्बिनेसन' यसरी मिलेको थियो।

'नेपाल! नेपाल!!' दर्शकहरुको हुटिङ चलिरहेको थियो, त्रिपुरेश्वरस्थित कभर्ड हलमा। नेपालको राष्ट्रिय खेलका खेलाडीहरु उत्रिएका थिए सेमिफाइनल यात्रा सुनिश्चित गर्न। प्रतिद्वन्द्वी थियो भारत।

भारत भलिबलमा राम्रो टोली हो र स्वर्ण पदकको मुख्य दाबेदार पनि। यता नेपाली खेलाडीलाई दर्शकको राम्रो समर्थन थियो। माहोल नेपालकै पक्षमा थियो।

खेल शुरु भयो। शुरुमा बराबरीमै चले पनि भारतले अंक दुरी बढाउदै लग्यो।

नेपालले राम्रै खेल्दै थियो। बंगलादेशसँगको खेलमा जस्तो धेरै 'सर्भिस मिस्टेक' पनि भएको थिएन। तर भारतको अग्लो उचाईलाई छेक्न र कटाउन दुवै कठिन भइरहेको थियो नेपाललाई।

सिट्टी बज्यो। १५-२५ ले नेपालले पहिलो सेट गुमायो।

दोस्रो सेटमा सुरुमा नेपाल केही 'कम्फर्ट' देखिँदै थियो। भारत त्यो भन्दा धेरै। नेपाली खेलाडीले गरेको प्रहार या त बाहिरिरहेको थियो या त चेक भइ रहेको थियो। नेपालले दोस्रो सेटमा केही सुधार गरे पनि त्यो अपुग भयो।

६-८ ले पछि रहेको नेपाल ६-१६ ले पछि पर्‍यो। भारत खेलमा हाबी हुँदै गयो।

दोस्रो सेटको अन्त्यतिर नेपालको धेरै प्रहारहरु भारतले ब्लक गर्‍यो। दोस्रो सेटमा भने नेपालले धेरै पटक सर्भिस मिस्टेक गरेको थियो। र, दाेस्राे सेट नेपालले २५-१३ ले गुमायाे।

तेस्रो सेट्मा त झन भारतले पहिलो अंक नै नेपालको सर्भिस मिस्टेकबाट पायो। तर तुलनात्मक रुपमा तेस्रो सेट प्रतिस्पर्धात्मक र रोमाञ्चक देखियो।

नेपालले ७-७ को बराबरी बनाउदा दर्शकको 'हुटिङ'ले गुञ्जिएको थियो कभर्ड हल। नेपालले अघिल्ला सेटमा फितलो प्रदर्शन गरेपछि सेलाएका समर्थक फेरि 'नेपाल! नेपाल!' भन्दै उत्साहित भए।

तेस्रो सेटमा भारत अघिल्ला सेटमा जस्तो तुलनात्मक रुपमा हाबी हुन सकेन। तर अन्त्य तिर भने लगातार प्वाइन्ट ल्यायो। यो सेटमा भने भारतले पनि सर्भिस बिगार्‍यो।

बाहिर निस्कदा दर्शकहरु भन्दै थिए, 'तेस्रो सेटमा जस्तो खेल्या भए!' अर्का दर्शक भन्दै थिए 'खेल कमजोर भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell