PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नहर नबनाएको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला



राधेश्याम पटेल

नहर नबनाएको भन्दै स्थानीयले लगाए वडा कार्यालयमा ताला

वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-२ का बासिन्दाले वडा समितिको कार्यालयमा आज दिउँसो तालाबन्दी गरेका छन्। नगरपालिकाको वडा नम्बर २ र ३ पर्ने पिपरा गाउँको उत्तरपट्टी बग्ने नहर (टर्सरी) केही वर्षदेखि पुरिएको र नहर खन्न नगरपालिकाले कुनै वास्ता नगरेपछि आक्रोशित स्थानीयले वडासमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।

यस विषयमा ६ महिनाअघि नगरपालिका तथा वडा कार्यालयमा स्थानीयले निवेदन दिएका थिए। वडा कार्यालय तथा नगरपालिकाले कुनै सुनवाइ नगरेपछि डेलिगेशन लिएर पुगेको समूहलाई वडाध्यक्ष जितेन्द्र पटेलले अहिले केही गर्न नसकिने अवस्थामा रहेको बताएपछि आक्रोशित भीडले उनको कार्यालयमा तालाबन्दी गरेको छ।

तालाबन्दी गर्न पुगेका टोलीले बहुदरमाई नगरपालिकामा नहर खनेर मर्मत सम्भार गरी पिपरा गाउँबाट निस्किने नालाको पानीको निकास गर्न आग्रह गरेका छन्। पिपराका बासिन्दा तथा राजपाका महासचिव शिव पटेलको नेतृत्वमा गएको टोलीले नगरपालिकाका नायब सुब्बा रामबाबू प्रसादलाई निवेदन दिएका थिए। नहरको मर्मत नगरिदिँदा गाउँबाट निस्किने नालाको पानी गाउँमै जमेर हिलाम्मे हुँदा स्थानीयबीच झैझगडा भइरहने गर्छ। स्थानीयले नालाको पानीको निकास नहर हुँदै तिलावे खोलासम्म गर्नुपर्ने माग राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell