PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

आइसीयूमै हुँदा पनि प्रधानमन्त्री ओलीलाई उपनिर्वाचनकै चिन्ता, प्रचण्डले सम्झाए : बाहिरको चिन्ता नलिनुस्, स्वास्थ्यको ख्याल गर्नुस्



पहिलोपोस्ट

आइसीयूमै हुँदा पनि प्रधानमन्त्री ओलीलाई उपनिर्वाचनकै चिन्ता, प्रचण्डले सम्झाए : बाहिरको चिन्ता नलिनुस्, स्वास्थ्यको ख्याल गर्नुस्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

ओलीलाई आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर प्रचण्डले पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफूले पाएको बताए। प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेका थिए।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको प्रचण्डले ओलीलाई जानकारी गराएका थिए। स्वास्थ्यमा आएको क्रमिक सुधारको समाचारले सबैमा खुसीको सञ्चार भएको भेटका क्रममा प्रचण्डले ओलीलाई बताए। सो अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्यको ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell