PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

स्थानीय तहको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता



पहिलोपोस्ट

स्थानीय तहको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता

  • सुमित मिश्र

महाेत्तरी : स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिका लागि भइरहेको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ। 

महोत्तरीको एक गाउँपालिकाका अध्यक्ष र ३ वडा अध्यक्ष पदका लागि महोत्तरीमा शुरु भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको हो। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष, बलबा नगरपालिकाको वडा नम्बर २ र ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिकामा वडा नम्बर ६ वडाध्यक्षकै लागि मतदान जारी रहेको हो। 

पीपरा गाउँपालिकामा अध्यक्ष पदका लागि विभिन्न दलबाट ११ र ९ जना स्वतन्त्रगरी जम्मा २० जना उम्मेदावार चुनावी मैदानमा रहेका छन् । पिपरा गाउँपालिकामा १५ मतदान स्थल तोकिएको छ भने २४ मतदान केन्द्र रहेको छ। सो गाउँपालिकामा १८ हजार ५ सय ८० जना मतदाताले मतदान गर्न लागेका हुन्। 

बलबा नगरपालिकाको वडा नं. २ र ८ मा ३ मतदान स्थल र ४ वटा मतदान केन्द्र र मटिहानी नगरपालिकाको वडा नं. ६ मा १ वटा मतदान केन्द्र तोकिएको छ। 

मतदान स्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell