भक्तपुर : रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सिटका लागि आज उपनिर्वाचन चलिरहेको छ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न सक्नेछन्।
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसदका लागि उपनिर्वाचन हुँदैछ भने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ।
उपनिर्वाचनमा ४४ स्थानीय तहका ४८ पदका निर्वाचन हुँदैछ। उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ का लागि निर्वाचन हुन लागेको हो।
भक्तपुरको निर्वाचनमा मानिसहरुको उपस्थिति उल्लेख्य छ। सहज रुपमा भइरहेको निर्वाचन प्रकृयामा देखिएका दृष्यहरु यस्ता थिए -