पोखरा : गण्डकी प्रदेशमा आज जारी उपनिर्वाचन शान्तिपूर्णरुपमा भइहरको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश प्रहरीका एसपी दिपक रेग्मीले प्रदेशमा भइरहेको चुनाव शान्तिपूर्णरुपमा भइरहेको जानकारी दिए।
अहिले कास्की, बाग्लुङ, नवलपरासी पूर्व र लमजुङमा उपनिर्वाचन भइरहेको छ। तीनै तहमा भइरहेको उपनिर्वाचनमा आज दिउँसो १ बजेसम्म करिब ५० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु भएतापनि त्यसले मतदान प्रक्रियामा कुनै पनि असर नपारेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै कुनै हल्ला वा अफवाहका पछि नलागि शान्तपूर्ण रुपमा सञ्चालन भईरहेको मतदान प्रक्रियामा सहभागी भई ढुक्क रुपले आफ्नो मताधिकार प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
पोखराको नयाँ बजार क्षेत्रमा भने बिहान केही समय मतदान अवरुद्ध भएको थियो। नवप्रभात माध्यामिक विद्यालय नजिकै खुला ठाउँमा भएको बम विस्फोटका कारण २० मिनेट मतदान अवरुद्ध हुन पुगेको थियो।