PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

अस्पताल लगेर एक्स-रे गर्दा चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन



पहिलोपोस्ट

अस्पताल लगेर एक्स-रे गर्दा चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन
फाइल फोटो।

काठमाडौं : एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले शुक्रवार राति ईआई ७९९७८८२ नम्बरको राहदानी वाहक २२ वर्षीय चिनियाँ नागरिक सलु तईलाई नियन्त्रणमा लिएको हो।

तिब्बत एयरमार्फत चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएको थियो।

तर शरिरमा केही नभेटिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर एक्स-रे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा सुन लुकाइराखेको अवस्थामा फेला परेको थियो।

बिहीवार रातिमात्र प्रहरीले आठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ गरेको थियो। इएच ५८०७५९८ राहदानी भएका चेन इङचुहाङ र इएच ६५९६६३७ राहदानी बोकेका चेन क्युङहाङलाई विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell