PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते



रासस

बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्बरको बस र ना ५ ख ९१९७ नम्बरको ट्रक ठोक्किँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका थिए। उनीहरुको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell