PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

सागको उद्घाटनमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने



पहिलोपोस्ट

सागको उद्घाटनमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने

काठमाडौं : आइतवारबाट सुरु हुने दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरी उद्घाटन सत्रमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सागमा सहभागी नेपाली टोलीमा अनुभवी र अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा सहभागिता जनाइसकेका भरत्तोलन खेलाडी अधिकारीले झण्डा बोक्ने उल्लेख गरिएको हो।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्घाटनमा राष्ट्रिय झण्डा बोक्ने चर्चा चलेको थियो।

दक्षिण एसियाली खेलकुदको उद्घाटन सत्र आइतवार बेलुकी दशरथ रंगशालामा सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell