PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

उपनिर्वाचन : सुदूरपश्चिममा ७० प्रतिशत मतदान



एम बम

उपनिर्वाचन : सुदूरपश्चिममा ७० प्रतिशत मतदान

कैलाली : सुदूरपश्चिम प्रदेशमा ७० प्रतिशत मतदाताले मतदान गरेका छन्। प्रदेशका ५ जिल्लामा सात वडाध्यक्ष पदका लागी उपनिर्वाचन सम्पन्न भएको हो। उपनिर्वाचनका लागि आज १५ मतदान केन्द्र तोकिएका थिए। 

प्रदेशभर १० हजार ९ सय ३७ मतदातामध्ये ७० प्रतिशतले मतदान गरेको साबिकको क्षेत्रीय निर्वाचन कार्यालय तथा हाल जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। डोटी, कञ्चनपुर, अछाम र बाजुरामा मतगणनाको तयारी समेत भइसकेको भट्टको भनाई छ। 

सुदूरपश्चिममा सबैभन्दा बढी तीन वडाध्यक्ष पदका लागि बैतडीमा निर्वाचन भएको थियो। ४ हजार ३ सय ३६ कुल मत मध्ये २८ सय ६९ मत खसेको बैतडीका जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले बताए। जिल्लाको दोगडाकेदार गाउँपालिका-४ को 'क' बुथमा ३ सय ७७, 'ख' बुथमा ३ सय ८६ हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदान केन्द्रमा ३ सय ३५ मत सकेको उनले बताए। सुर्नया गाउँपालिका १ मा ४ सय ३८ र पुर्चौडी नगरपालिका ४ को महादेव माविमा ६ सय ३८ र पहरौल मावि बाङ्गामा ६ सय ९२ मत खसेको उनले जानकारी दिए।

बैतडीमा सम्पन्न उपनिर्वाचनमा एक ९९ वर्षीय वृद्धले पनि मतदान गरेका छन्। पुर्चौडी नगरपालिका ४ मा रहेको महादेव मावि सिबावो मतदान स्थलबाट स्थानीय ९९ वर्षीय बिरुवा धानुकले मतदान गरेको उनले बताए।

सबै भन्दा बढी मतदाता रहेको डोटीमा ६५ प्रतिशत मतदान भएको छ। डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानमा भएको मतदानमा ६५ प्रतिशत मतदाताले मतदान गरेका हुन्। कुल २ हजार ४ सय ५९ कुल मतदाता रहेको उक्त वडामा ६४.७८ प्रतिशत मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख दलबहादुर मलासीले बताए।

कञ्चनपुरको पूर्नवास ३ मा ७७.६ प्रतिशतले मतदान गरेका छन्। ११ सय ९९ मतदाता मध्ये ९२४ जनाले मतदान गरेका हुन्। उप निर्वाचनमा ५ सय ३४ महिला र ३ सय ९० जना पुरुषले मतदान गरेको छन्।

अछामको मेल्लेख गाउँपालिका ५ मा १ हजार ४ सय ९ मतदाता रहेकोमा १ हजार ३ सय ५६ जनाले मतदान गरेका छन्। जसमध्ये भवानी आधारभूत विद्यालय काटेगाउँमा ६५२ मतदाता रहेकोमा ४स य ७३ मत खसेको छ। त्यस्तै जनता मावि मेल्लेखको 'क' मतदान केन्द्रमा ६४४ मतदाता रहेकोमा मत ४६२ मत खसेको छ। सोही विद्यालयको 'ख' मतदान केन्द्रमा ६०८ रहेकोमा ४ सय २२ मत खसेको छ। 

बाजुराको त्रिवेणी ५ मा १ हजार ३९ मतदाता रहेकोमा ७ सय २७ जनाले मतदान गरेका छन्। ३ सय ८३ जना महिला र ३ सय ४४ जना पुरुषले मतदान गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell