PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

जोर की विजोर? आज विजोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो



पहिलोपोस्ट

जोर की विजोर? आज विजोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

काठमाडौंः १३ ‍औंलदक्षिण   एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर/विजोर प्रणाली अनुसार आज विजोर नम्वर प्लेट भएका सवारी साधान मात्र गुड्न पाउने छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर/विजोर प्रणाली लागू  गरेको हो। आज ट्राफिक प्रहरीले तोकेको क्षेत्रमा जोर नम्वर प्लेट भएका सवारी चलाए कारबाहीमा पर्ने छन्।
ट्राफिक प्रहरीले आज र २४ गते जोर/विजोर प्रणाली लागू गरेको हो। त्यस्तै सागको समापन २४ गते भने जोर सवारी चल्ने महाशाखाले जानकरी दिएको छ।
यो नियम अत्याआवश्यक सवारीहरु दमकल, एम्बुलेन्स, पानी बोकेका सवारी लगायतमा भने लागू हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell