PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भान डाइक चम्किँदा लिभरपुरलको अपराजित यात्रा जारी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो



पहिलोपोस्ट

भान डाइक चम्किँदा लिभरपुरलको अपराजित यात्रा जारी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ ले जीत सुनिश्चित गरेको हो। लिभरपुलको जीतमा भान डाइकले दुवै गोल गरेका थिए।

लिभरपुलले खेलको १८ औं मिनेटमा भान डाइकको गोल मार्फत अग्रता बनाएको थियो। फेरि २४ औं मिनेटमै उनैले अर्को गोल थप्दा लिभरपुल पहिलो हाफमा २–० ले अघि रहेको थियो।

खेलको ७६ औं मिनेटमा लिभरपुलका गोलकिपर एलिसन रातो कार्ड खाँदै बाहिरिए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।

 खेलको ७९ मिनेटमा ब्राइटनका लागि डङ्कले सान्त्वना गोल फर्काएका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक दुरी बढाएको छ। दोस्रो स्थानमा रहेको म्यानेस्टर सिटी न्यू क्यासलसँग बराबरीमा रोकिएको थियो। घरेलु टोली न्यू क्यासलले सिटीलाई २–२ को बराबरीमा रोकेको थियो।

खेलमा सिटीका लागि खेलको २२ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै अग्रता दिलाएका थिए। तर, त्यसको ३ मिनेट भित्रै न्यू क्यासलका जेड्रो विलिम्सले गोल गर्दै खेल बराबरीमा ल्याउदा पहिलो हाफ बराबरीमा रोकिएको थियो।

दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ८२ औं मिनेटमा केभिन डि ब्रुइनले गोल गर्दै सिटीलाई अघि बढाएका थिए। तर, खेलको ८८ औं मिनेटमा न्यू क्यासलका सेल्भेले खेल गोल गर्दै खेल बराबरीमा ल्याए।

गएरातिको भएको खेलसँगै अंक तालिकामा लिभरपुल ४० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान २९ अंकसहित म्यानचेस्टर सिटी र लेस्टर सिटी क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। गएरातिको खेलमा पराजय भोगेको चेल्सी तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell