
पोखरा : प्रतिनिधी सभा निर्वाचन अन्र्तगत कास्कीको क्षेत्र नम्वर २ को दुईवटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले ३ हजार ७ सय १ मतले अग्रता लिएकी छन्।
पोखरा महानगरपालिका वडा नम्बर ३३ र २१ को मतगणना सकिँदा विद्याले ६ हजार ५ सय ९५ मत ल्याएकी छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत सहित पछ्याइरहेका छन्।
वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो । २१ मा ७ हजार ३ सय ६३कुल मतदाता हुदा ४७५८ मत खसेको थियो।
दुवै वडा नेकपाको सवै भन्दा पकड वडाको रुपमा मानिएका वडाहरु हुन्। अहिले वडानम्बर २० को मतगणना जारी छ।