PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, मृतकको सनाखत हुनसकेन



विष्णु गौतम

पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, मृतकको सनाखत हुनसकेन

पोखराः पोखरा महानगरपालिका २० को मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यू भएको छ।  पुरिएका मध्ये एक जनाको शव निकालिएको वडा प्रहरी कार्यालय वगरका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए। २० जना सुरक्षाकर्मी, स्थानिय र सोहि नालामा काम गर्ने एक सय ८० जना कामदारको सहयोगमा पुरिएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

नाला भन्दा माथीबाट निकै ठुलो ढुङ्गा सहित पहिरो झरेका कारण उद्धारमा समस्या भएको वडा नम्वर २० का वडा अध्यक्ष सिम गुरुङ्गले जानकारी दि । उनले भने 'पाँच जना पुरिएका रहेछन् ठुलो पत्थर खसेका कारण एक जनाको शव निकालियो अन्य दुई जनाको खुट्टा देखिएको छ तर ठुलो पत्थरले अठ्याउदा निकाल्न सकिएको छैन।'

महानगरपालिकाको कजेक्टिभिटी रोड अन्र्तगतको योजनामा काम भएको थियो। पानीले गलेको जमिन र चर्को घामले सुक्दा पहिरो गएको हुन सक्ने प्रत्यक्षदर्शी श्रीराम सिग्देलले जानकारी दिए। उनले भने–“ म श्रीमतीलाई स्कुल लैजान मोटरसाईकलम जाँदै थिए क्रस गर्न नपाउदै पहिरो खस्यो सवै पुरिए।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell