PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपाले गुमायो भक्तपुर प्रदेशसभा : दुई हजार मत अन्तरले नेपाली काँग्रेसका भँडेल विजयी



पहिलोपोस्ट

नेकपाले गुमायो भक्तपुर प्रदेशसभा : दुई हजार मत अन्तरले नेपाली काँग्रेसका भँडेल विजयी

काठमाडौं : भक्तपुर प्रदेश नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन्। उनले खसेको मतमध्ये १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन्।

त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत मात्र पाएका छन्।

नेपाल मजदुर किसान पार्टी नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन्। निर्वाचन कार्यलयले औपचारिक घोषणा भने गरेको छैन।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। लामिछानेको मृत्युपछि सो सिटका लागि उपनिर्वाचन भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell