PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दक्षिण एसियाली खेलकुदको महाकुम्भका लागि दशरथ रंगशाला तयार, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने



मुकुन्द घिमिरे

दक्षिण एसियाली खेलकुदको महाकुम्भका लागि दशरथ रंगशाला तयार, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आज औपचारिक उद्घाटन हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछिन्।

भारतको गुवाटी र सिलोङमा भएको १२ सागबाट १३ साग आयोजनाको जिम्मेवारी लिएर आएको नेपालले पूर्वाधार समयमै निर्माण गर्न नसक्दा पटकपटक साग पछि सरेको थियो। विसं २०७२ सालको भुकम्पले खेलपूर्वाधारमा क्षति पुर्‍याए पछि नेपालमा साग आयोजना गर्न भौतिक पूर्वाधार निर्माणको ठूलो चुनौती थियो।

आफूले भ्याएसम्मका पूर्वाधारहरु निर्माण गरेर नेपालले आज सागको उद्घाटन गर्दैछ। केही पूर्वाधारहरु निर्माणचरणमा नै छन्। सागका लागि सार्क राष्ट्र (अफगानिस्तान बाहेक) का खेलाडी तथा अफिसियलहरु नेपाल आइसकेका छन्। केही भने खेल तालिका अनुसार आउने क्रममा छन्।

आज औपचारिक उद्घाटन भएपनि सागका भलिबल खेल भने शुरु भइसकेको छन्। भलिबलको महिला तर्फ नेपाल र भारत फाइनलमा पुगेका छन् भने पुरुषतर्फ भारत र पाकिस्तान फाइनलमा पुगेका छन्। आयोजक राष्ट्र नेपाल स्वर्ण जितेर इतिहास रच्ने दाउमा छ।

नेपालले तेस्रो पटक साग आयोजना गर्न लाग्दैछ। सन् १९८४ मा पहिलो साग आयोजना गरेको नेपालले सन १९९९ मा आठौं साग आयोजना गरेको थियो।

आज सागको उद्घाटन दिनलाई मध्यनजर गर्दै सवारीमा जोरविजोर प्रणाली लगाइएको छ। आज विजोर गाडीमात्र चल्न पाउने छन्।

सागको उद्घाटन सत्रमा नेपालको प्रतिनिधित्व गरी कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने छन्।अधिकारी नेपाली टोलीमा अनुभवी र अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा सहभागिता जनाइसकेका भरत्तोलन खेलाडी हुन्। त्यस्तै सागका कीर्तिमानी खेलाडी दीपक श्रेष्ठले ओलम्पिक टर्च बाल्ने छन्।

सागमा फुटबल, भलिबल, बास्केटबल र क्रिकेटमा टिकट लाग्नेछ। टिकट बिक्रिको जिम्मा इसेवाले लिएको छ। यद्यपि उद्घाटन र समापनको दिन टिकट नलाग्ने बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार समूह चरणमा फुटबल, भलिबल र बास्केटबलको टिकट मूल्य ५०० रहने छ। फुटबलमा भिआइपी तर्फ भने १००० रुपैयाँ लाग्ने छ।त्यस्तै सेमिफाइनलसम्म क्रिकेटमा नेपालको खेल भएका दिन ५०० रुपैयाँ र नभएकोदिन २०० रुपैयाँ लाग्ने छ।

त्यस्तै सागको सुरक्षामा आफूहरु सतर्क रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्।

'हामीले सुरक्षा व्यवस्था मिलाएका छौं। पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचानल हुन्छ,' केही दिन अघिको पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले भनेका थिए, 'अहिलेको मुख्य चुनौतिको रुपमा सडक जामलाई हेरेका छौं। यसको कारण खेलाडी रदर्शकलाई खेल मैदानमा पुग्न समस्या हुने अवस्था आउन दिने छैनौं।'

महानिरीक्षक खनालले विमानस्थलदेखि खेलकुद मैदान, सवारी मार्ग, बस्ने होटेलदेखि आगन्तुक पाहुना, घुम्न जाने स्थानमा समेत सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी बताएका छन्।

सागको सुरुवात

सागको कन्सेप्ट १९७८ को थाइल्यान्डमा आयोजना भएको आठौं एसियाली खेलकुदताका आएको थियो। त्यही एसियाली खेलकुदको सेरोफेरोमा दक्षिण एसियामा एउटा क्षेत्रियखेलकुदको आवश्यकता महशुस गरेर अनौपचारिक छलफल अघि बढाइएको थियो।

औपचारिक रुपमा भने सन १९८१ को ओलम्पिक कमिटीको कंग्रेसबाट भारतीय उपमहाद्विपका सात देशबीच क्षेत्रिय खेलकुद गराउने विषयमा छलफल अघि बढाएइएको थियो।

साग आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्यसचिवसरदचन्द्र शाहले महत्वपूर्ण भूमिका खेलेका थिए। उक्त छलफलमा नेपाल, भारत, श्रीलंका र पाकिस्तानका प्रतिनिधिहरुले पहिलो राजनीतिक सम्वन्ध र दोस्रोसबैलाई जोड्ने खेलकुदका बारेमा छलफल गरेका थिए।

दक्षिण एसियामा क्षेत्रिय खेलकुदको आवश्यकत महशुस गर्नुको अर्को कारणथियो दक्षिण एसियाली मुलुकहरुको एसियन गेम्स र ओलम्पिकमा फितलो प्रदर्शन।

सो समयमा दक्षिण एसियाबाट ठूला प्रतियोगितामा खास उपलब्धी हात पर्न नसकिरहेको अवस्थाले पनि क्षेत्रिय तहमा खेलकुदको आवश्यकतालाई उजागर गरेको थियो। तत्कालिन समयमा तुलनात्मक रुपमा भारतले एसियन गेम्समा गरेको प्रदर्शनलाई छोडेर अरु देशहरुले सहभागिता मात्र जनाउने जस्तो अवस्था देखिएको थियो।

त्यस्तै क्षेत्रिय खेलकुद आयोजनाका लागि कन्ट्रोल मेकानिजम या फेडेरेसनको आवश्यकता पर्न जान्थ्यो जुन दक्षिण एसियाली सहयोग संगठन (सार्क)हुन सक्थ्यो।

त्यस्तै अर्को कारण साउथ इस्ट एसिया र वेस्टन एसियामा पनि यस्ता क्षेत्रिय खेलकुदहरु हुने हुँदा यसले ठूला प्रतियोगितामा प्रतिस्पर्धा बढाएको थियो। जसले दक्षिण एसियामा पनि यस्तै क्षेत्रिय प्रतियोगिता आवश्यकपर्छ भन्ने आवश्यकता बढेको थियो।

दक्षिण एसियाली राष्ट्रहरुको खेलकुदमा क्षमत वृद्धि गर्ने उद्देश्यका साथ सन् १९८४ मा काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गरियो। त्यस्तै सन् १९९९ आठौं साग पनि नेपालले आयोजना गर्ने अवसर पायो भने अहिले १३ औं साग आयोजना गर्न गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell