PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पर्साको सखुवापर्सौनी गाउँपालिकामा समाजवादीका रुपलाल यादव विजयी



राधेश्याम पटेल

पर्साको सखुवापर्सौनी गाउँपालिकामा समाजवादीका रुपलाल यादव विजयी

वीरगंज : पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव विजयी भएका छन्।

अन्तिम नतिजा अनुसार यादवले १ हजार ३१ मत ल्याई विजयी भएका हुन्। नेपाली कांग्रेसका अशेश्वर यादवले ८ सय १९, ने क पाका उम्मेद्वार उदयशंकर रौनियारले २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले १६ मत तथा राप्रपाका सदरी महराले ८ मत ल्याएका थिए भने २२ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत तथा न्यायाधीध प्रकाश खरेलले बताए।

२ हजार ६०२ मतदाता रहेको वडामा ८२ प्रतिशत अर्थात २ हजार १२८ जनाले मतदान गरेका थिए।

यो गाउँपालिका वडा नम्बर ५ अन्तर्गतका गाउँहरु महुवन, बलुवा र सोलकपुर पर्दछन्। जहाँ पुरूष मतदाता १ हजार ४९२ मध्ये १ हजार २११ जनाले मतदान गरेका थिए। १ हजार ११० जना महिला मतदाता रहेकोमा ९ सय १७ जनाले मतदान गरेका थिए।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडाध्यक्ष्य पदमा बृजमोहन यादव निर्वाचित भएका थिए तर उनको हृदयघातबाट मृत्यु भएपछि रिक्त स्थानका लागि भएको उपनिर्वाचनमा उनका छोरा सोही पार्टीबाट उम्मेद्वार बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell