PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कास्की २ निवार्चन अपडेट : ने क पाकी विद्या भट्टराई ११ हजार ७ सय मतसहित अगाडी, दश मत पनि नकटाउने नौ उम्मेद्वार



विष्णु गौतम

कास्की २ निवार्चन अपडेट : ने क पाकी विद्या भट्टराई ११ हजार ७ सय मतसहित अगाडी, दश मत पनि नकटाउने नौ उम्मेद्वार

पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ को चारवटा वडाको मतगणना सकिँदा ने क पाकी उम्मेद्वार विद्या भट्टराईले ११ हजार ७ सय ३० मतसहित अग्रता लिएकी छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३३,२१, २० र १७ को मतगणना सकिँदा भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउँदा नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत ल्याएका छन्।

त्यसो त मतगणना भइरहँदा दश मत पनि नकटाउने ९ जना उम्मेद्वार छन्। जसमा सुन्य मत ल्याउनेमा उमनाथ गौतम र यज्ञ प्रसाद पंगेनी रहेका छन्। उनीहरु दुवै जना स्वतन्त्र उम्मेदवार हुन्।

यस्तै लक्ष्मी कुमारी भुजेलले १ मत ल्याएकी छन्। सुनिल भूषाल, रन बहादुर दमै र वीरबहादुर विश्वकर्माले तीन/तीन मत ल्याएका छन् भने दिपक रेग्मी र नवराज बास्तोलाले चार/चार मत ल्याएका छन्। त्यस्तै आफ्नो उम्मेद्वारी फिर्ता लिएका सुनिल बहादुर कोईरालाको चुनाव चिन्ह टेबुलमा समेत ५ मत परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell