काठमाडौं : रिक्त ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको हालसम्म प्रदेश सभाको १ र ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
जसमध्ये भक्तपुरको प्रदेशसभा १ को 'क' मा नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वार डिपी ढकालले ११ हजार २ सय ६ मत मात्र पाएका छन्। स्थानीय तह अन्तर्गत वडा अध्यक्ष पदमा ने क पाले अग्रता कायम गरेको छ।
निर्वाचन आयोगका अनुसार ने क पाका २२, नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेद्वारले तीन स्थानमा विजय प्राप्त गरेका छन्।