PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कास्की २ निर्वाचन अपडेट : १९ हजार बढी मत गन्दा दुई उम्मेद्वारको पोल्टो रित्तै



विष्णु गौतम

कास्की २ निर्वाचन अपडेट : १९ हजार बढी मत गन्दा दुई उम्मेद्वारको पोल्टो रित्तै
फाइल फोटो।

पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ का चार वटा वडाको मतगणना सकिँदा दुई जना उम्मेद्वारको एक मत पनि आएन।

पोखराका वडा नम्बर ३३, २१, २० र १७ को मतगणना सकिदासम्म दश मत पनि नकटाउने ९ जना उम्मेद्वार छन्। जसमा सुन्य मत ल्याउनेमा उमनाथ गौतम र यज्ञ प्रसाद पंगेनी रहेका छन्। उनीहरु दुवै जना स्वतन्त्र उम्मेद्वार हुन्।

यस्तै लक्ष्मी कुमारी भुजेलले १ मत ल्याएकी छन्। सुनिल भूषाल, रनबहादुर दमै र वीरबहादुर विश्वकर्माले तीन/तीन मत ल्याएका छन् भने दिपक रेग्मी र नवराज बास्तोलाले चार/चार मत ल्याए।

यता उम्मेद्वारी फिर्ता लिएका सुनिल बहादुर कोईरालाको चुनाव चिन्ह टेबुलमा भने ५ मत परेको छ।

कास्की २ मा अहिले ने क पाकी उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणमअनुसार विद्याले १४ हजार ८७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell