PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'पलेँटी' श्रृङ्खला अब युट्यूबमा पनि



पहिलोपोस्ट

'पलेँटी' श्रृङ्खला अब युट्यूबमा पनि

प्रत्यक्ष सांगीतिक कार्यक्रम 'पलेँटी' श्रृङ्खलाहरु युट्युबमा उपलब्ध हुने भएका छन्। नेपालयले सन् २००५ देखि संचालन गर्दै आएको कार्यक्रम 'पलेँटी' युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण हुने भएको हो।

युट्युब च्यानल 'पलेँटी नेपालय'मा सन् २०१९ देखिका पलेँटी श्रृङ्खलाहरु क्रमशः राखिने नेपालयका अर्पण शर्माले बताए। हरेक कार्यक्रमलाई ४ वटा श्रृङ्खला बनाएर अपलोड गरिनेछ।

'पलेँटी कार्यक्रमको अनुभवलाई आर शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका शृङ्खलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौं,' आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले भने।

'नेपाली आधुनिक गीतलाई अभिलेखमा राख्ने उद्देश्यले पलेँटी कार्यक्रमलाई रेकर्ड पनि गर्दै आएका थियौं। अब नेपाली संगीत प्रेमीहरूले यस कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन्,' कार्यक्रम संयोजक आभासको भनाई थियो।

गत मार्च महिनामा प्रस्तुत भएको पलेँटीको पहिलो श्रृङ्खलाबाट युट्यूब अपलोड शुरु गरिएको छ। जसमा यो लिंक गायिका मीना निरौलाले नेपाली आधुनिक संगीतका प्रतिनिधि महिला गायिकाका रचनामा स्वर दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell