PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उचित मुआब्जाको माग गर्दै श्रीर्सिया ड्राईपोर्ट सडकखण्डमा स्थानीयको धर्ना



राधेश्याम पटेल

उचित मुआब्जाको माग गर्दै श्रीर्सिया ड्राईपोर्ट सडकखण्डमा स्थानीयको धर्ना

वीरगंज : वीरगंज-२५ पद्यमरोडस्थित ड्रईपोर्टको मुलगेटमा उचित मुआब्जाको माग गर्दै आज स्थानीयले धर्ना दिएका छन्। श्रीर्सियास्थित ड्राईपोर्ट भन्सार र आइसिपीबीचको रोक्का गरिएको ६२ विघा जग्गाको मुआब्जाको विषयलाई लिएर स्थानीयहरुले आज दिउँसो राजमार्गमा धर्ना दिएको मुआब्जा संघर्ष समितिका अध्यक्ष विजय तिवारीले जानकारी दिए।

यसअघि तीन दिनअघि ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुआब्जाको समस्या समाधान गर्न अपिल गरिएको थियो। तीन वर्षदेखि रोक्का राखिएको ६२ विघा जग्गाको समस्या समाधान नहुँदा स्थानीयहरुले घर जग्गा खरिदबिक्री गर्न सकेका छैनन् भने बैंकिङ कारोबार समेत गर्न नसकेकोले यथासिघ्र मुआब्जा दिन वा जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन्।

स्थानीयको धर्नाको कारण ड्राईपोर्ट भन्सार र आईसिपी भन्सार भएर आवतजावत गर्ने सवारी साधन तथा पर्साको ग्रामिण भेगको सबै सवारी साधन रोकिएका छन्। जसकारण राजमार्गमा गाडीको लाइन लागेको थियो।

सरकारले बनाएको उपसमितिले न्यून मुआब्जा दिने गृह कार्य गरे तापनि स्थानीयले सो दरमा मुआब्जा लिन मानेका छैनन्।

स्थानीयले घडेरीको प्रतिधुर २१ लाख र खेतको जग्गाको १५ लाख माग गरेका छन्। दुई वटा भन्सार कार्यालय निर्माणले गर्दा स्थानीयको उठीबास भएको उनीहरुको गुनासो छ। अब सबै भैतिक पूर्वाधार भएको नयाँ ठाउँमा जग्गा खरिद गरी घर निर्माण गर्दा सोही अनुरुपको खर्च लाग्ने भएकोले उनीहरुले महँगो मुआब्जा माग गरेका हुन्।

स्थानीयका अनुसार सरकारले मुआब्जा नदिएर हाल छोडिएका जग्गा बराबरको जग्गामा घर निर्माण गरिदिएको अवस्थामा भने सहमति हुन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell