PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कास्की २ निवार्चन अपडेट : तीन वटा वडाको मतगणनाअघि नै विद्या भट्टराईको जित सुनिश्चित



विष्णु गौतम

कास्की २ निवार्चन अपडेट : तीन वटा वडाको मतगणनाअघि नै विद्या भट्टराईको जित सुनिश्चित

पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ का ८ वटा वडाको मतगणना सकिँदा ने क पाकी विद्या भटराईको जित सुनिश्चित भएको छ। आठ वडाको मतपरिणामअनुसान विद्याले २० हजार ७ सय ७१ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलको १२ हजार २ सय ५९ मत रहेको छ।

पोखराका वडा नम्बर ३३, २१, २०, १७, १६, १५, ११ र ९ को मतगणना सकिँदा सम्म भट्टराईको ८ हजार पाँच सय १२ मतको अग्रता छ।
अब बाँकी रहेका तीन वटा वडाहरुमा खसेका सबै मत जोड्दा पनि ८ हजार ३ सय ९६ मत मात्रै बाँकी छ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडाहरु रहेक छन्। जसमा ४ नम्बर वडामा कुल मतदाता २ हजार २३८ हुँदा १ हजार ५४० मत खसेको छ। ७ मा ४ हजार ६०९ कुल मतदाता हुँदा २ हजार ९१७ मत खसेको छ। ८ मा ६ हजार ५६८ मतदाता हुँदा ३ हजार ९३९ मत खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell