PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

खार्पुनाथमा ने क पाले उल्ट्यायो नतिजा, उपाध्यक्षमा रुपा शाही विजयी



पहिलोपोस्ट

खार्पुनाथमा ने क पाले उल्ट्यायो नतिजा, उपाध्यक्षमा रुपा शाही विजयी

काठमाडौं : हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की रुपा शाही विजयी भएकी छिन्। नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तारा शाहीले एक हजार ३८५ मत प्राप्त गरिन्।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा शाही कांग्रेसकी सिन्धु हमालसँग पराजित भएकी थिइन्। हमालको जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथमा उपनिर्वाचन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell