PahiloPost

Jun 16, 2025 | २ असार २०८२

भालुको आक्रमणबाट दुई प्रहरी घाइते



रासस

भालुको आक्रमणबाट दुई प्रहरी घाइते
फोटो : discoverwildlife.com/Getty Images ।

रसुवा : ब्यारेकको खानेपानी व्यवस्थापन गर्ने काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन्।

आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell