PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

वर्षौंपछि रंगिएको दशरथ रंगशालामा यस्तो देखियो सागको भव्य उद्घाटन

वर्षौंपछि रंगिएको दशरथ रंगशालामा यस्तो देखियो सागको भव्य उद्घाटन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : केही महिनाअघि कमैमात्र विश्वस्त थिए होला कि यसपटक समयमै दशरथ रंगशाला बनेर तोकिएकै मितिमा दक्षिण एसियाली खेलकुद (साग) आयोजना होला भनेर। तर अन्तिम समयसम्म लगाएर भएपनि  र‌ंगशाला बन्यो।  देशको प्रतिष्ठा जोगियो। आज सागको औपचारिक उद्घाटन भएको छ।

लामो चर्चापछि आयोजना भएको १३ औं सागको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। उद्घाटन समारोहमा झाँकीहरु देखाइए। पटकाहरु पड्काइए। दर्शकको उपस्थितिले दशरथ रंगशाला पुनर्निर्माणपछि नेपाली खेल समर्थक रंगशालामा आएर खेल हेर्न कति उत्सुक छन् भन्ने देखायो।

रंगशालाका सबै प्यारापिटमा अट्ने जति दर्शकको उपस्थिति थियो। त्यसमा पनि कलाकारहरुले देखाएको झाँकीले अझ उत्साह थपेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell