PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बलात्कारको आरोप लागेका 'सिद्धबाबा' अस्पतालबाट पक्राउ, आज नै अदालत उपस्थित गराउने तयारी



पहिलोपोस्ट

बलात्कारको आरोप लागेका 'सिद्धबाबा' अस्पतालबाट पक्राउ, आज नै अदालत उपस्थित गराउने तयारी

विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान करिव ४ बजे पक्राउ गरेको हो।

विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ आइतवार आइसियूमा सारिएको बाबालाई अस्पतालबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आफ्नो स्वास्थ्यमा समस्या भएको भनेपछि प्रहरीले उनलाई जिल्ला अस्पताल सुनसरीमा राखेको छ।

आज नै बाबालाई जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ।

गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।  तर 'सिद्धबाबा' भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell