PahiloPost

Nov 8, 2025 | २३ कात्तिक २०८२

छाउगोठभित्र महिला मृत अवस्थामा फेला



पहिलोपोस्ट

छाउगोठभित्र महिला मृत अवस्थामा फेला
प्रतिकात्मक तस्वीर

कैलाली : अछाममा छाउगोठमा एक महिलाको मृत अवस्थामा फेला परेकी छिन्।

अछामको साँफेबगर नगरपालिका ३ घर भएकी २१ वर्षीया पार्वती रावत छाउगोठभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। आइतवार राति खाना खाएर सुतेकी रावत बिहान मृत अवस्थामा फेला परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले घटना बारे प्रहरीलाई जानकारी आएपछि अहिले त्यस क्षेत्रमा प्रहरी पठाएर घटनाको अनुसन्धान भइरहेको बताए।

घरबाट करिव १ सय मिटरको दुरिमा रहेको छाउगोठमा रावतको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell