PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

धरान उपमहानगरमा कांग्रेसका राई विजयी



पहिलोपोस्ट

धरान उपमहानगरमा कांग्रेसका राई विजयी

धरान : नेपाल कम्युनिस्ट पार्टीको आधार क्षेत्र मानिएको धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी भएका छन्। शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक राई २६ हजार ७०९ मत ल्याइ विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी सत्तारुढ ने क पाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका छन्। मतगणानाको सुरुवातदेखि नै कांग्रेसले अग्रता बनाएको थियो।

२०७५ साउन १ गते धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बाको निधन भएको थियो। सुब्बाले कांग्रेस उम्मेद्वार तिलक राईलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell